Logo

खेलकुद

नेपाली क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा भारतकी देवीका नियुक्त



काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले भारतीय पूर्वक्रिकेटर देवीका पालशिकर नेपाली महिला क्रिकेट टिमको ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ ।

आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला क्रिकेट टिमका लागि पहिलो महिला प्रशिक्षक ल्याएको जानकारी गराएको हो ।

अगष्ट २८देखि मलेसियामा हुने आईसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोटका लागि नेपाली महिला टिमको ब्याटिङ कन्सल्टेन्टका रुपमा आवद्ध भएकी उनी काठमाडौं आएकी छन् ।

महिला टिमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का क्रिकेट प्रशिक्षक स्यामसन जंग थापाले प्रशिक्षण दिइरहेका छन् । क्यानले प्रतियोगिताका लागि २४ सदस्यीय टोलीसमेत घोषणा गरिसकेको छ ।

प्रतियोगिताको समूह ‘ए’ मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र यूएई तथा समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्याण्ड र म्यानमार रहेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार १३:४१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।