काठमाडाैं । साताको पहिलाे दिन आइतबार सेयर बजार दोहोरो अंकले गिरावट आएको छ । बजार आज नेप्से परिसूचक ३८.३७ अंकले घटेर २०५१.४७ को विन्दुमा झरेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.५२ अंकले घटेर ३९२.०२ को विन्दुमा ओर्लेको छ । कारोबार रकम करिब २ अर्ब ६८ करोड रुपैयाँको हाराहारीमा भएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २६५ कम्पनीकाे ८० लाख ७ हजार ३६१ कित्ता सेयर कारोबार रकम करिब २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार २३४ रुपैयाँमा किनबेच भएकाे छ ।




















प्रतिक्रिया