Logo

अर्थ

वृज एडिटिभ्सका नयाँ उत्पादनहरु बजारमा



काठमाडौं । वृज एडिटिभ्स एक शताब्दीभन्दा लामो गौरवमय इतिहास बोकेको केडिया व्यावसायिक समूहअन्तर्गतको एक विश्वसनीय ब्रान्ड हो ।

नयाँ बलिया संरचना निर्माण होस् या पुरानालाई मर्मतसम्भार गर्न होस् वृज एडिटिभ्सका उच्चस्तरीय उत्पादनले स्थायित्व र दीगोपना सुनिश्चित गर्छ ।

निर्माण उद्योगमा अग्रणी नाम तथा विज्ञहरुद्वारा अत्याधिक सिफारिस गरिने वृज एडिटिभ्सले आफ्नो बहुप्रतीक्षित वाटरप्रुफिङ, रिपेयर तथा एडमिक्सर सलुसन्स बजारमा लिएर आएको छ । वृज एडिटिभ्सले काठमाण्डौ एक कार्यक्रम गरी यी उत्पादनको औपचारिक रुपमा बजारमा ल्याएको घोषणा गरेको हो ।

वाटर प्रुफिङ्गका लागी कंम्पनीले ल्याएको वेदर प्रो प्लस २५० र वृज सेफक्रेटेले घरलाई पानीले पुर्याउने क्षतिबाट बचाउनका साथै पिलर, बिम, स्ल्याब र स्टिललाई खिया आदिबाट जोगाइ निर्माणलाई मजबुत र दिगोपन प्रदान गर्दछ। उक्त उत्पादनमा आवश्यक र औचित्यताका विषयमा सम्बन्धित विज्ञ वाट स्पष्ट पारिएको थियो ।

बजारमा आएका विभिन्न उत्पादनमध्य वेदर प्रो प्लस २५० लाई घर निर्माणको समय ढलान मसलामा मिसाई प्रयोग गर्न सकिन्छ भने वृज सेफक्रेटेलाई भने नयाँ र पुराना घरमा फुटेको, चर्केको वा पानी चुहिएको ठाउँमा सीधै प्रयोग गर्न सकिन्छ ।

यस अतिरिक्त एडमिक्सर सलुसन्सअन्तर्गत वृज एडिटिभ्सले ल्याएको छ सिलिकन फ्लोमिक्स पीसी ३५०, पीसी ४५० र पीसी ५५० तथा अल्ट्रासेट १०० (एक्सिलेटर)। सरोकारवालाहरुका लागि वृज एडिटिभ्सले ल्याएको एडमिक्सर र एक्सेलेरेटर सलुसन्स ठूला परियोजनाका लागि अत्ति उत्तम हुुने र सबैको माझ लोकप्रिय हुने कम्पनीले दाबी गरेको छ ।

यसका साथै कार्यक्रममा केडिया अर्गनाइजेसनका अध्यक्ष ताराचन्द केडियाले उत्पादित वस्तुले ग्राहक तथा निर्माणकर्मीको मन जित्ने आशा व्क्त गरे ।

कार्यक्रममा कलाकार जितु नेपाल ‘मुन्दे्र’ले सबैलाई मनोरञ्जन प्रदान गरी समारोहलाई रमणीय र स्मरणीय बनाउन सहयोग गरेका थिए ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव विश्वबाबु पुडासैनी, रेलवे विभागका महार्निदेशक रोहित बिसुराल, सिँचाइ विभागका महार्निदेशक सुशील आचार्य तथा निर्माणकर्मी, इन्जिनियर, कंक्रिड उत्पादनकर्ता र सञ्चारकर्मीको उपस्थिति थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार १५:५६   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।