काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको वित्तीय विवरणमा सँच्याएको हो । बैंकले साउन २० गते प्रकाशन गरेको वित्तीय विवरणमा प्रतिशेयर आम्दानीमा त्रुटि भएको भन्दै सँच्याएको हो ।
गत आर्थिक वर्षको चौथो त्रैमासमा प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९२ पैसा रहेको र अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी २६.७० पैसा रहेको भनी सँच्याएको हो ।
बैंकले शनिबार प्रकाशन गरेको विवरणमा भने आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य आम्दानी प्रति शेयर १९ रुपैयाँ ८९ पैसा र आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य आम्दानी प्रति शेयर ३५ रुपैयाँ ६१ पैसा रहेको उल्लेख थियो ।





















प्रतिक्रिया