Logo

मनोरञ्जन

रजनीकान्तको ‘जेलर’ रिलिजको दिन चेन्नई र बैंग्लोरमा बिदा



काठमाडौं । सुपरस्टार रजनीकान्तको नयाँ फिल्म ‘जेलर’ रिलिजका दिन चेन्नै र बैंग्लोरमा बिदा  दिइने भएकाे छ । दक्षिण भारतीय सुपरस्टारको फिल्म शुक्रबार प्रदर्शनको तयारीमा छ । करिब दुई वर्षपछि ठूलो पर्दामा फर्कन लागेका रजनीकान्तकाे ताजा अवतार हेर्न उत्सुक कर्मचारीहरुलाई त्यहाँका कार्यालयले बिदा दिने घाेषणा गरेका हुन् ।

साथै, कार्यालय व्यवस्थापनले फिल्मको पाइरेसीलाई रोक्न कर्मचारीलाई निःशुल्क टिकट समेत उपलब्ध गराउने भएको छ । अन्य केही कार्यालयले पनि ‘जेलर’ रिलिजको दिनमा बिदा दिएर ‘जेलर मेनिया’लाई प्रस्तुत गरेको टाइम्स अफ इण्डियाले जनाएको छ ।

‘जेलर’का निर्माताले फ्यानलाई फिल्मबारे छिनछिनमा अपडेट दिंदै सामाजिक सञ्जालमा प्रचारलाई तीव्र बनाएका छन् । रजनीकान्तको ‘जेलर’को क्रेज अमेरिकाको न्युयोर्कस्थित टाइम्स स्क्वायरमा समेत देखिएको छ । रजनीकान्त अभिनित फिल्मको अहिलेसम्मकै उच्च ओपनिङ हुने प्रक्षेपण गरिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार १९:४३   :  बजे

348
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।