Logo

अर्थ

तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाल सुन प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ ।

हिजो सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो । यो दिन छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेर १ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो मूल्य स्थिर रहँदै चाँदी तोलाको १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार १२:१६   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।