Logo

शिक्षा

चिकित्सा शिक्षा आयोग उपाध्यक्ष पदका लागि दरखास्त आह्वान



काठमाडौं । चिकित्सा शिक्षा आयोग उपाध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।

चिकित्सा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकाहरूले दरखास्त दिन सक्नेछन् । आयोग उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले शुक्रबार सूचना निकालेर दरखास्त आह्वान गरेको हो ।

उम्मेदवार छनौटसम्बन्धी कार्यविधिअनुसार दरखास्त परेकामध्ये ३ जनाको नाम सिफारिस समितिले नेपाल सरकारसमक्ष सिफारिस गर्नेछ ।

१५ दिनभित्र दरखास्त सिफारिस समिति कार्यालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गर्न पनि समितिले आग्रह गरेको छ । यससम्बन्धी सूचना शिक्षा मन्त्रालयको वेबसाइटमा पनि राखिएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार ११:४९   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।