काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले वाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलका लागि अर्थमन्त्रालय डाकेका छन्। अर्थतन्त्रका समसामयिक विषयवस्तु र ब्याजदर लगायतका बिषयमा छलफल गर्नका लागि बैंकका सीइओहरुलाई छलफलमा डाकिएको अर्थ मन्त्रालयले जनाएको हो।
‘समसामयिक विषयवस्तु उपर छलफल गरी नयाँ नीति लिन र योजना तय गर्न सीइओहरुलाई बेलुकी ५ बजे बोलाइएको छ ।, महतको सचिवालयले भन्यो ।’ सीईओहरुसँगै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई समेत अर्थमन्त्रालयमा डाकिएको छ ।




















प्रतिक्रिया