Logo

प्रमुख समाचार

उपराष्ट्रपति यादव चीन प्रस्थान



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव चीन प्रस्थान गरेका छन् । उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक विदेश भ्रमणमा यादव चीन गएका हुन् ।

उपराष्ट्रपति यादवलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे तथा नेपालका लागि चीनका राजदूतले बिदाइ गरेका थिए । उनी त्रिभुवन विमानस्थलबाट पौन पाँच बजेको उडानमा त्यसतर्फ लागेका हुन् ।

चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ तथा ‘२७औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा विशेष अतिथिको रूपमा उनी चीन प्रस्थान गरेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उपराष्ट्रपति यादव आगामी साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुनेछन् ।

उपराष्ट्रपति यादवको टोलीमा धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटालगायत रहने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १६:५३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।