Logo

आजको तस्बिर

१० वर्षअघि पुरिएको कपनस्थित चखुन्चा खाेला उत्खनन गर्दै महानगर (तस्बिरहरु)



काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनस्थित चखुन्चा खोलामा डोजर लगाएर करिब १० वर्षअघि पुरिएको ढल निकालेर उत्खनन गरेको छ ।

सो समयमा ढलको दुर्गन्ध बढी भएपछि नाली हालि पुरिएको खोला पछिल्लो समयमा बाढी घर घरमा छिर्ने भएकाले महानगरले उत्खनन गर्न लागेको हो । गएको हप्ताबाट उत्खनन सुरु गरेको महानगरले मिलन चोक बजार क्षेत्रमा उत्खनन गरिरहेको छ । खोला उत्खननपछि खोला आसपासका बजार क्षेत्र र केही घरहरु प्रभावित भएका छन् ।

बुढानिलकण्ठ नगरपालिका– १० र काठमाडौं महानगरपालिका– ७ को सीमानामा पर्ने खहरे खोला उत्खनन् गर्न सुरु गर्दा दुई पालिकाबीच विवाद समेत भएको थियो ।

तस्बिरहरु :

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार १६:५६   :  बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।