काठमाडौँ। बलिउड सेलिब्रेटी साहिल खान नेपाल आएका छन्।
बडीबिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’ मा सहभागी हुन उनी शनिवार नेपाल आएका हुन्। स्टाइल,एक्सक्युज मि,डबल क्रस, यही हे जिन्दगी, अलादीन जस्ता फिल्मका अभिनेता खानले नेपाल आउँदा आफूलाई खुसी लागेको बताए। आज नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने बडी बिल्डिंग कम्पिटिसन ‘नरेश सूर्या क्लासिक नेपाल’ को फाइनलमा सहभागी भएर उनी भोलि फर्कनेछन्।
खरेल अर्गनाइजेसनले आयोजना गरेको प्रतियोगितामा अन्य विभिन्न अन्तरर्रास्ट्रिय ख्याति प्राप्त व्यक्तिहरु पनि नेपाल आएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको प्रतोयोगिताको फाइनल आज हुने जानकारी सज्ञान खरेलले दिए । इन्डियाको फ्रेन्च आइज ‘नरेश सूर्या क्लासिक नेपाल’मा १५० जना सहभागी छन्।
कार्यक्रममा नेपाल,मलेसिया, युएइ र भारतका खेलाडीहरुले भाग लिएका छन् । फिट नेसनको कार्यक्रममा विजेताले नगद दुई लाख पचास हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । यस कार्यक्रममा विभिन्न देशका फिटनेसमा लगानी गर्न चाहने थुप्रै व्यक्तिहरुको समेत सहभागिता रहेको खरेलले जानकारी दिए ।
















प्रतिक्रिया