काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।
आज सुनको मूल्य कुनै फेरबदल नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै आज छापावाला सुन प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ ।
हिजो आइतबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ । हिजो पनि मूल्य स्थिर रहँदै चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया