Logo

खेलकुद

एसिया कपका लागि नेपाली क्रिकेट टोली भोलि पाकिस्तान जाँदै, मुद्दाकाे टुंगाे नलाग्दा सन्दीपबारे अन्याेल



काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली टोली भोलि (बुधबार) पास्तान प्रस्थान गर्दै छ । आउँदो १३ गतेबाट सुरु हुने एसिया कपअघि पाकिस्तानमा केही अभ्यास खेल खेल्न नेपाली टीम चाँडै जान लागेको हो ।

एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दैछन् । नेपाली टीमका स्टार स्पिनर सन्दीप लामिछाने भने भोलि पाकिस्तान नजाने भएका छन् । १७ सदस्यीय स्क्वाडमा भए पनि उनी बन्द प्रशिक्षणमा सहभागी भएका छैनन् ।

सन्दीपको मुद्दामाथिको फैसलामा ढिलाइ भएपछि उनले एसिया कप खेल्ने/नखेल्ने अनिश्चित बनेको हो । गत साउन ३२ गते पेशी तोकिएको भए पनि न्यायाधीशले सुनवाइ स्थगित गरिदिएका थिए ।

अदालतबाट सफाइ पाएर एसिया कप खेल्न जाने मनस्थितिमा रहेका सन्दीप फैसला पछि धकेलिएपछि तनावमा परेका छन् । उनले एसिया कप खेल्ने/नखेल्ने दुई–तीन दिनमा निधो हुने बताइएको छ । तर सन्दीपलाई जसरी पनि खेलाउनै पर्ने क्यानको जोड छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार ११:३७   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।