काठमाडौं । मलेसियामा जारी चार देश सहभागी महिला टी २० क्रिकेट प्रतियोगितामा नेपालले आज कुवेतसँग खेल्दै छ ।
पहिलो खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको नेपालले आज पनि सोही लय कायम राख्ने प्रयासमा हुने छ । नेपाल र कुवेतबीचको खेल बायोमास ओभल मैदानमा विहान पौने १२ बजे सुरुहुने छ ।
आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ ।
नेपालले सिरिजको पहिलो खेल जितका साथ सुरुआत गरेको थियो । मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो ।
नेपालले एसिया क्षेत्र छनोट अगष्ट ३१ देखी ९ सेप्टेम्बरमा (भदौ १४ देखि भदौ २३ सम्म ) मा मलेसियामा नै खेल्नेछ ।
प्रतियोगितामा एघार टोलीको सहभागीता रहनेछ । नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् ।
शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी-ट्वान्टी विश्वकप छनोट खेल्न पाउनेछन् ।
नेपालले पहिलो खेलमा ३१ अगष्टमा मलेसियातथा दोस्रो खेलमा १ सेप्टेम्बरमा बहराइनसँग खेल्नेछ ।
३ सेप्टेम्बरमा भुटानसँग तेस्रो खेल खेल्ने नेपालले ४ सेप्टेम्बरमा कतारसँग चौथो खेल खेल्नेछ । नेपालले समूह चरणको पाँचौं तथा अन्तिम खेलमा ६ सेप्टेम्बरमा युएईसँग खेल्नेछ ।





















प्रतिक्रिया