काठमाडौं । संसदको गतिरोध अन्त्य गर्नेबारे छलफल गर्न राष्ट्रिय दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा सुरु भएको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।
यसअघि मंगलबार ओली उपस्थित नभएपछि बैठक विनानिष्कर्ष टुंगिएको थियाे । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित एमालेले लगातार संसद अवरोध गर्दै आइरहेको छ ।
उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसदको बैठक बुधबार नै दिउँसो ३ बजेका लागि बोलाइएको छ ।















प्रतिक्रिया