Logo

खेलकुद

कुवेतलाई ३४ रनले हराउँदै नेपाल फाइनल नजिक



काठमाडौं । नेपाल मलेसियामा जारी चार देश सम्मिलित महिला टि–२० अन्तराष्ट्रिय क्रिकेटको फाइनल नजिक पुगेको छ ।  बुधबार भएको खेलमा कुवेतलाई ३४ रनले पराजित गर्दै एक खेल अगावै फाइलमा स्थान बनाएको हो ।

नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५५ रन बनायो । कुवेतका लागि जिफा जिलानीले १९ बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाइन् । त्यस्तै खादिजा खलिलले २२ बलमा १० रन बनाइन् ।

अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालको लागी इन्दु बर्माले ३ तथा खुशी डंगोलले २ विकेट लिइन् । ईश्वरी विष्ट, कविता कुँवर र सीता रानामगरले समान १/१ विकेट लिइन् । त्यसअघि टस हारेर पाहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८९ रन बनाएको थियो ।

नेपालका लागि ईन्दु बर्माले सर्वाधिक २३ रन बनाईन् । बिन्दु रावलले २० रन बनाउँदा काजल श्रेष्ठले अविजित १९ रन बनाईन् । नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कुवेतका लागि मरिन्मा हैदरले ४ तथा मरयाम ओमरले २ विकेट लिईन् । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो ।

चार देश सम्मिलित सिरिजमा नेपाल २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । सिरिजमा नेपालको तेस्रो खेल शुक्रबार मलेसियासॅंग रहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १५:३७   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।