Logo

अर्थ

२९.४७ अंकले बढ्यो सेयर बजार, १ अर्ब ५१ करोडको कारोबार



काठमाडौं । सेयर बजारमा बढोत्तरीले निरन्तरता पाएको छ ।

साताको चौथो कारोबार दिन २९.४७ अंकले बढेर २०४५.४५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३० अंकले बढेर ३९०.२८ को विन्दुले बढेको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ । त्यसैगरी, नेप्सेमा सूचीकृतमध्ये २७३ कम्पनीका ४२ लाख ३७ हजार ६९ कित्ता सेयर १ अर्ब ५१ करोड ४ लाख ८८ हजार ९८५ रुपैयाँमा किनबेच भएका छन् ।

त्यसैगरी, जलविद्युत समूह सर्वाधिक २.७४ प्रतिशतले उकालो लागेको छ । जीवन बीमा समूह २.५१ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.७५ प्रतिशत, विकास बैंक समूहमा १.१४ प्रतिशत, वित्त समूहमा १.९५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.२१ प्रतिशत, लगानी समूहमा १.५२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.८० प्रतिशत, लघुवित्त समूहमा १.६८ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.६७ प्रतिशत, निर्जीवन बीमा समूहमा २.१६ प्रतिशत, अन्य समूहमा ०.८९ प्रतिशत र व्यापार समूहमा १.९३ प्रतिशतको बढोत्तरी भएको छ ।

आज घोराही सिमेन्टको सर्वाधिक ७ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

सोल्टी होटेलको ७ करोड ६ लाख रुपैयाँबराबरको , आईएमई लाइफको ५ करोड ४६ लाख रुपैयाँ, एसियन लाइफको ४ करोड ३६ लाख रुपैयाँ, शिवम सिमेन्टको ४ करोड ४ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ८७ लाख रुपैयाँ, हिमालयन लाइफको ३ करोड ८२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको ३ करोड ६४ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको २ करोड ९२ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको २ करोड ७४ लाख रुपैयाँ बढीको सर्वाधिक कारोबार भएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १५:४८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।