Logo

राजनीति

कार्यव्यवस्था परामर्श समितिको बैठक : दलहरुबीचकाे सहमतिबारे सदनलाई जानकारी गराइने



काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको आजको बैठक सकिएको छ । बैठकमा आज दलहरुबीच भएको सहमति उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सदनसमक्ष जानकारी गराउने निर्णय भएको छ ।

यस्तै एक घण्टा ३० मिनेटको विशेष समयमा दलीय आधारमा सांसदहरुले बोल्ने पनि तय भएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले झण्डै एक महिनादेखि अवरुद्ध संसद् खुलाउन दलहरुबीच भएको सहमतिप्रति खुसी प्रकट गरे ।

उनले भने, ‘सदन खोल्न मैले पटक पटक प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग छलफल गरेको स्मरण गराउँदछु । प्रमुख सचेतकहरु, कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि हामीले धेरै पटक छलफल गरेका थियौँ । तर, संसदीय व्यवस्थामा दलहरु नै प्रमुख हुन् । आजको सहमतिले पनि सदन अवरोध पनि र खुलाउन पनि दलहरुबीच नै सहमति हुनुपर्ने कुराले प्रष्ट पारेको छ ।’

उनले संसदीय गरिमालाई उच्चो राख्न सबैले प्रयत्न गर्नुपर्ने र यसमा आफू पनि प्रतिबद्ध रहेको बताए ।

प्रकाशित मिति : ६ भाद्र २०८०, बुधबार १६:१७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।