काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिभिन्न प्रकरणमा सत्तापक्षका नेताको नाम जोडिने बित्तिकै छानबिन सुस्ताएको भन्दै सरकारले भन्ने गरेको सुशासनप्रति नै प्रश्न गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले सरकारले सुन तस्करी प्रकरणमा छानबिन गरिरहेको प्रहरी प्रमुखलाई सरुवा गर्ने सरकारको निणर्यले सरकारको सुशासनको नाराप्रति नै शंका गर्ने स्पस्ट मौका दिएको बताए ।
उनले भने ‘सरकारले सुशासनको कुरा गर्याे हामीले शंकाको सुविधा दियौ । शंकाको सुविधा दिइरहदा सरकारले भनिरहेको सुशासन कहाँ सम्मको सुशासन हो ? आफ्नो ढोकासम्म आरोप नआइपुग्दा सम्मको सुशासनको कुरा गरेको होकि साँच्चैको सुशासनको कुरा गरेको हो यो गम्भीर प्रश्न बनेर खडा भएको छ ।’
त्यस्तै सभापति लामिछानेले सरकारले आफ्ना मान्छे मुछिने साथै सुन तस्करीमा छानबिनलाई सुस्त बनाएको र ललिता निवासको जग्गा प्रकरणमा पनि ठूलालाई सुन पानी हालेर चोख्याएको भन्दै सरकारले भन्ने गरेको सुशासन प्रति नै प्रश्न गरे ।
उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा जति पनि प्रहरी अधिकारी काम गरिरहेको थिए तिनको सरुवा बढुवा भयो । शुसासनको यो प्रमाण पर्याप्त छैन सरकारलाई शंका गर्नको निमित्त ? ललिता निवास प्रकरणमा नम्बरी जग्गा लिएइका मालपोतमा गएर कागजपत्र सबै हेरेका पैसा दिएर जग्गा किनेका मानिसहरु र कर्मचारीहरु जहाजको सिटबाट समातिएर थुनिए निणर्यकर्ताहरुलाई सुनपानी छर्किए जसरी चोख्याएर पठाइयो । सरकारको सुशासन यहि हो र ? सुन प्रकरणमा सत्तारुढ दलका नेताहरुको नाम आउने बित्तिकै सरकार सुस्तायो के सरकारले दिन खोजेको सुशासन यहि हो ?’















प्रतिक्रिया