Logo

कोशी प्रदेश

कोशीका मुख्यमन्त्री थापाले लिएका ‘विश्वासको मत’विरुद्धको रिट न्यायाधीश खतिवडाको इजलासमा



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएका विश्वासको मतविरुद्धको रिट सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजालसमा परेको छ । मुख्यमन्त्री थापाले सभाध्यक्षलाई पनि प्रयोग गरेर विश्वासको मत लिएको भन्दै एमालेका तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो ।

रिटमा कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले मुख्यमन्त्री थापाद्वारा लिइएको विश्वासको मत सम्बन्धी प्रक्रिया असंवैधानिक रहेको दाबी गरेका छन् ।

मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा प्रदेशसभाको अध्यक्षता फेरबदल गरी क्रमैसँग अध्यक्षता ग्रहण गरेका दुवै जनाले पालैपालो मतदान गरेका थिए ।

रिट निवेदक कार्कीले मुख्यमन्त्रीले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबी गर्दै उत्प्रेषणको आदेशमार्फत बदरको माग गरेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार ११:४९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।