Logo

अर्थ

ताेलामा पाँच सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै आज छापावाला सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ ।

हिजो पनि सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १ हजार ४६० रुपैयाँ कायम भएको छ । हिजो पनि तोलामा १० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १२:०६   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।