काठमाडौं । सत्तारुढ साझेदार दल नेपाली कांग्रेसका नेताहरूले भ्रष्टाचार प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतको सरुवाप्रति आपत्ति जनाएका छन् । भ्रष्टाचार काण्डमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरुलाई अस्वाभाविक रुपमा सरुवा गरिनुले निष्पक्ष छानबिन माथि नागरिक तहमा गम्भीर प्रश्न उठेको भन्दै कांग्रेसका ७ नेताहरूले आपत्ति जनाएका हुन् । उनीहरुले विज्ञप्ति मार्फत नागरिक तहमा भएको आशंकाबाट राज्य पन्छिन नमिल्ने धारणा सार्वजनिक गरेका छन् ।
१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवाली र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसीको सरुवा गर्यो । गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीको पनि सरुवा गरेको छ ।
यस सरुवाप्रति कांग्रेस रुपान्तरण अभियानका अगुवा नेताहरू मधु आचार्य, डा. गोविन्दराज पोखरेल, गुरुराज घिमिरे, रञ्जित कर्ण, देवराज चालिसे, भुपेन्द्रजङ्ग शाही, भरत बहादुर खड्का र सुवास लोहनीले विज्ञप्ति निकालेर प्रहरी सरुवाप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । नेपाल सुधार नहुनुमा अनियन्त्रित भ्रष्टाचार भएको उनीहरुको निष्कर्ष छ ।















प्रतिक्रिया