Logo

मनोरञ्जन

गायन तथा नृत्य विधामा अवसर खोजेकाहरूका लागि आउँदैछ ‘संगीत स्टार’को तेस्रो संस्करण



काठमाडाैं । गायन तथा नृत्य विधामा अवसर खोजेकाहरूलाई स्थान दिने उद्देश्यका साथ संगीत स्टारको तेस्रो संस्करण हुने भएको छ । पहिलो र दोस्रो संस्करणपछि कोरोनाकालमा रोकिएको टेलिभिजन रियालिटी शो ‘संगीत स्टार’लाई निरन्तरता दिन लागेको कार्यक्रम निर्माण कम्पनि संगीत फिल्मस्’ले बताएको छ ।

गायन र नृत्य विधा जोडिएका क्षमतावान् प्रतिभालाई स्थान दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम निर्माता तथा प्रस्तोता संगीत बस्यालले बताए ।

दशैंपछि सुरू हुने संगीत स्टारको तेस्रो संस्करण अन्तरगत आगामी कार्तिक २८ देखि पौष २८ गतेसम्मलाई डिजिटल अडिसन तोकिएको छ । डिजिटल अडिसनबाट छनोट भएका उत्कृष्ट प्रतिभाहरूको फिजिकल अडिसन माघ २३ बाट सुरू हुने बस्यालले बताए । फिजिकल अडिसन देशका सातै प्रदेशमा सञ्चालन हुनेछन् ।

खुल्ला प्रतिस्पर्धाबाट अडिसन सञ्चालन हुँदा गायन र नृत्य विधामा इच्छुक जो कोहिले यो प्रतिस्पर्धामा सहभागि जनाउन सक्नेछन् । दुवै विधाका उत्कृष्ट प्रतिभा छनोट हुँदा पहिलो हुनेले २५ लाख प्राप्त गर्ने संगीत फिल्मस्’ले बताएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १३:३२   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।