Logo

प्रमुख समाचार

संसद्‍मा प्रधानमन्त्री र सबै मन्त्रीहरू अनुपस्थित भएपछि एमालेल भन्यो– ‘यो सदनकाे घोर अपमान हो’



काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री तथा सबै मन्त्रीहरू अनुपस्थ्ति रहेपछि प्रमुख प्रतिपक्षी एमालेले विरोध गरेको छ । शून्य समयमा सांसदहरूले मुलुकका समसायिक विषयमा धारणा राखिरहेका बेला एमाले सांसद सूर्य थापाले आसनबाट उठेर प्रधानमन्त्री तथा मन्त्रीहरू अनुपस्थित रहेकामा ध्यानाकर्षण गराएका थिए ।

‘सरकार हरायो सभामुख महोदय, सदन चलिरहेको बेला प्रधानमन्त्री तथा सरकारका एक जना पनि मन्त्रीहरू उपस्थित छैनन् । यो संसद्को घर अपमान हो’, सांसद थापाले भने, ‘यस्तो अवस्थामा सदन अघि बढ्न सक्दैन ।’ उनी बोलिनसक्दै सदनमा एक जना मन्त्री आइपुगेपछि सभामुखले सदनलाई अघि बढाए ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १३:५८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।