Logo

प्रमुख समाचार

यतिसाह्रो बजार किन मंगियो, सरकराले अनुगमन गरोस् : सांसद यादव



काठमाडौं । प्रतिनिधिसभा सांसद रेखा यादवले महंगी र कालोबाजरी बढेको भन्दै बजार अनुगमन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले भारतले खाद्यन्नमा अतिरिक्त कर लगाएपछि यसैलाई देखाएर कालोबजारी भइरहेको तथा कृतृम अभाव सिर्जना गरिएको भन्दै सरकारले अनुगनम गनुपर्ने बताइन् ।

‘भारतले चामल, चिनी, आँटालगायतका खाद्यन्नको मूल्यमा भ्याट लगाइसकेपछि नेपाली बजार महंगिएको छ । प्याज त झन छोइनसक्नु भएको छ’, सांसद् यादवले भनिन्, ‘म आग्रह गर्न चाहन्छु, बजार अनुगमन गरियोस् । र व्यापारीहरूले गरेका कालोबजारी रोक्न अनुगमन गरियोस् । कृतृम अभाव सिर्जन ागर्नेलाई तत्काल कारबाही गरियोस् ।’

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १४:५८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।