Logo

प्रमुख समाचार

प्रभु साहकाे प्रश्न– गाैर हत्याकाण्डका पीडितले १७ वर्षसम्म पनि किन न्याय पाउन सकेनन् ?



काठमाडौं । प्रतिनिधिसभा सांसद प्रभु साहले गौर हत्याकाण्डको छानबिन अबिलम्व अघि बढाउन माग गरेका छन् । सरकारले साउन २३ गते हत्याकाण्ड छानबिनका लागि पीडितहरूसँग सम्झौता गरेपनि दोषीलाई उन्मुक्ति दिनेगरी आफ्नै प्रतिवद्धताबाट सरकार पछि हटेको उनको आरोप छ ।

गौर हत्याकाण्ड एउटा डरलाग्दो नरसंहार रहेको भन्दै सांसद साहले यसका निष्पक्ष छानबिन गर्न माग रहेका हुन् । उनले घटना भएको १७ वर्षसम्म पनि हत्याराहरू खुलमखुला हिँडिरहेको आरोप पनि लगाए ।

‘गौर हत्याकाण्डको विषयमा मे भइरहेको जान्न चाहन्छु । सरकारले साउन २३ गते पीडित पक्षसँग सम्झौता ग¥यो, जहाँ, छानबिन गरी दोषीलाई कारबाही गर्ने, मृतकलाई सहिद घोषणा गर्ने, घाइतेहरूको उपचारको व्यवस्था मिलाउने, विषय थिए । तर त्यसको केही दिनमै नबित्दै केही भ्रमपूर्ण कुरा आइरहेको छ । यसबारे सरकारले के गरिरहेको छ, धारणा के हो ?’, उनले प्रश्न गरे, ‘नेपालका कानुन सबैलाई लाग्छ कि लाग्दैन ? सबैलाई लाग्छ भने १७ वर्षसम्म पनि पीडितले न्याय किन पाएनन्, किन न्याय पाउन सकेनन् ? हत्याराहरु कानुनको दायरामा किन आउन सकेका छैनन् ?’

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १५:२१   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।