Logo

मनोरञ्जन

दीपाश्रीलाई जन्मदिनको शुभकामना दिदैं दिपकले भने, ‘मेरो जिन्दगीको उत्कृष्ट साथी’



काठमाडाैं । आज नेपाली चर्चित निर्माता तथा नायिका दिपाश्री निराैलाकाे जन्मदिन परेकाे छ । अभिनेता तथा निर्देशक दीपक राज गिरीले दीपाश्री निरौलालाई जन्मदिनको शुभकामना दिएका छन् ।

अभिनेता गिरीले निरौलालाई जन्मदिनको शुभकामना दिँदै उनलाई आफ्नो जीवनको उत्कृष्ट साथी बताएका छन् । आज बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले दीपाश्रीको जन्मदिनको अवसरमा भावुक कविता पोस्ट गर्दै सो कुरा बताएका हुन् ।

उनले दीपाश्रीका लागि लेखेको कविता यस प्रकार छ–

यो केटी त कस्ति घमन्डि ! मैं हूँ भन्छे !!

बोल्ने त परै जाओस हेर्दा पनि हेर्दिन !

आज भन्दा क़रीब ३ दशक अघि तिमि संगको पहिलो भेट , मलाइ आज पनि याद छ …

जसरी हामी किताबको कभर हेरेकै भरमा

पूरै बिषय अनुमान गर्छौ … ठिक त्यस्तै

तिमि प्रतिको धारणा पनि तुरून्तै बनाएको थिए मैले !

तर मलाइ थाहा थिएन यो त्यहि केटी हो

जो अरूको पिडालाइ आफ्नो सम्झेर समय बिताउछे!

ज़िन्दगीको खेलमा आफू हार्छे

तर अरूलाइ जीताउछे !!

म प्रतिको तिम्रो योगदानलाइ त

सिर्फ़ एक शब्दमा बुनेको छू ,

चोट मलाइ लाग्दा ,तिम्ले ऐआ भनेको सुनेको छू !

कमजोरी पनि भनिदिन्छू ….

यॉहा हरेकको हातमा क्यालकुलेटर छ

कॉहा फाइदा , कॉहा बेफाइदा ,

कॉहा ज़ोर छ ,कॉहा बिजोर छ

दिमागै दिमागको शहरमा तिमि ,मनको कुरा गर्छो ,

त्यसैले तिम्रो हिसाब कमजोर छ ….

मेरो ज़िन्दगीको उत्कृष्ट साथीलाई जन्मदिनको लाखौ करोडौ र अरबौ शुभकामना……

नेपाली चलचित्रकी अभिनेत्री तथा हाँस्यकलाकार र निर्माता दीपाश्री निरौंलालाई नेपाल रैबारको तर्फबाट पनि जन्मदिनको लाखौैँलाख शुभकामना ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १५:४४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।