Logo

अर्थ

दोहोरो अंकले घट्यो सेयर बजार



काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ।

आज नेप्से सूचक ३१.५२ अंकले अंकले घटेर २०१३.९३ को विन्दुमा बन्द भएको छ। त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक ४.७२ अंकले घटेर ३८५.५६ को विन्दुमा झरेको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज नेप्सेमा सूचीकृतमध्ये २७५ कम्पनीका ४६ लाख ५७ हजार १३७ कित्ता सेयर १ अर्ब ५५ करोड ५ लाख ८२ हजार ६८५ रुपैयाँमा किनबेच भएका छन् ।

त्यसैगरी, वित्त समूह सर्वाधिक २.९२ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह २.५० प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.८८ प्रतिशत, विकास बैंक समूहमा २.२३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.७७ प्रतिशत, लगानी समूहमा १.२४ प्रतिशत, जीवन बीमा समूह २.१४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.२३ प्रतिशत, लघुवित्त समूहमा १.५० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५६ प्रतिशत, निर्जीवन बीमा समूहमा २.२२ प्रतिशत, अन्य समूहमा १.११ प्रतिशत र व्यापार समूहमा १.४८ प्रतिशतको गिरावट आएको छ।

आज सोल्टी होटेलको सर्वाधिक ७ करोड ८७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

त्यसैगरी, घोराही सिमेन्टको ६ करोड ९४ लाख रुपैयाँ, शिवम सिमेन्टको ५ करोड १६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ५ करोड १५ लाख रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्सको ४ करोड ९२ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सको ३ करोड ३२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड १ लाख रुपैयाँ, एसियन लाइफको २ करोड ८४ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सको २ करोड ५७ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ५६ लाख रुपैयाँ बढीको सर्वाधिक कारोबार भएको छ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १५:५१   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।