Logo

प्रमुख समाचार

सूर्य थापाको कटाक्ष : संसद्लाई पर्याप्त बिजनेश दिन नसक्ने ‘नालायक’ सरकार



काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले सरकारप्रति कटाक्ष गरेका छन् । उनले संसद् खुल्दा पर्याप्त बिजनेश दिन नसकेको भन्दै सरकारलाई नालायक भने ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले भने, ‘आजको कार्यसूचीमा निर्वाचन आयोगको १५औं र १६औं प्रतिवेदन पेस गर्नेबाहेकका अन्य कार्यसूची सरकारले दिन सकेको छैन । संसद् रोकियो भनेर आकाश खस्यो भन्ने खालको कोकोहोलो मच्चाउने सत्ता पक्षका सांसदका हातमा पनि यो पुगेको छ कि छैन ? संसद्लाई पर्याप्त बिजनेश दिन नसक्ने यो नालायक सरकारप्रति खेद प्रकट गर्न चाहन्छु ।’

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १५:३७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।