काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) च्याम्पियन्स लिग (सीएल) को ड्र सार्वजनिक भएको छ । ब्राजिलका स्टार फुटबलर नेयमारले यो वर्ष आफ्नो पहिलो खेल भारतमा खेल्ने भएका छन् । उनको नयाँ टोली अल हिलालले एसियन च्याम्पियन्स लिगमा भारतीय क्लब मुम्बई सिटी एफसीसँग खेल्नुपर्नेछ ।
नेयमारले अल हिलाल क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् ।
भर्खरै घोषित एएसएफसी च्याम्पियन्स लिगा पश्चिम क्षेत्रको समूह ड्र अनुसार समूह ‘डी’ नेयमार र अल हिलाल भारतको मुम्बई सिटी, नाभाबोर, नासिजीसँगै परेका छन् ।
अर्को होम एण्ड अवे खेलमा नेमारले हिलालसँग भारतको पुणेको रंगशालामा खेल्नेछ । एएफसी च्याम्पियन्स लिग सेप्टेम्बर १९ देखि सुरु हुँदैछ ।
त्यस्तै समूह ‘ए’ मा पख्तकोर, अल फेहा, अहल एफसी र अल ऐन एफसी रहेका छन् । समूह ‘बी’ मा मा अल साद, एफसी नास्फ, अल फैसाली र शारजाह एफसी छन् ।
समूह ‘सी’ मा अल इत्तिहाद, सेपाहान एससी, एयर फोर्स क्लब, एजीएमके एसएफ रहेका छन् । समूह ‘ई’ मा पर्सेपोलिस, अल दुहेल एससी, एफसी इस्तिकोल, अल नासर छन् ।















प्रतिक्रिया