Logo

अर्थ

सानिमा बैंकले गर्यो दराजसँग ‘दराज मन्थ्ली पे डे’ योजनाका लागि सहकार्य



काठमाडौं । सानिमा बैंकले ग्राहकको सहजताका लागि दराजसँग ‘दराज मन्थ्ली पेडे’ योजना अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ ।

ग्राहकले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रिम भुक्तानी गर्दा २०८० भदौदेखि २०८१ साउनसम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् ५०० रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् ७५० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । छुट प्राप्त गर्न ग्राहकले दराज एपमा भौचर संकलन गर्नुपर्नेछ ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्न ग्राहकले आफ्नो डेबिट वा क्रेडिट कार्डमा अनलाइन पेमेन्ट सेवा सुरु गरिसक्नुपर्ने हुन्छ ।

सानिमा बैंकका देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा एटीएम सञ्चालनमा छन् ।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १७:२९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।