Logo

अर्थ

बागमतीमा फेरि बढ्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)



काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक यातायातको फेरि भाडा वृद्धि भएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नयाँ भाडा दर सार्वजनिक गरेको छ ।

नयाँ भाडादर अनुसार अब ५ किलोमिटरसम्मको १८ रुपैयाँबाट वृद्धि भएर १९ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, १० किलोमिटरको २४ रुपैयाँबाट वृद्धि भएर २६ रुपैयाँ , १५ किलोमिटरसम्मको २९ बाट वृद्धि भएर ३१ रुपैयाँ नयाँ भाडा दर तोकिएको छ ।

२० किलोमिटरसम्मको ३२ बाट वृद्धि भएर ३५ रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३७ रुपैयाँबाट बढाएर ४० रुपैयाँ नयाँ भाडादर तोकिएको छ ।

बागमती प्रदेशमा सञ्चालनमा रहेका ट्याक्सीहरुको भाडादर पनि कायम गरिएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेपछि प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर पनि बढाइएको हो ।

यस्ताे छ नयाँ भाडादर

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहीबार १८:२८   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।