Logo

प्रमुख समाचार

संसद् नचलेको बेलाको तलब भत्ता नलिने रबि लामिछानेको नाटक टिकेन : महेश बस्नेत



नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् नचलेको बेलाको आफ्ना सांसदहरुले तलब भत्ता नलिने भनि गरेको घोषणा धेरै समय नटिकेको टिप्पणी गरेको छन् ।

उनले यसलाई रास्वपा सभापति लामिछानेको नाटक भनेका छन् । रास्वपाका सांसद्हरुले संसद् नचलेको चार दिनको भत्ता मात्र नलिने त्यस्मा पनि गाडी भाडा चाँही लिने निर्णय गरेको उनको भनाई छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्ः

संसद नचलेको बेला आफ्ना सांसदहरुको तलब भत्ता नलिने रबि लामिछानेको नाटक धेरै दिन टिकेन । चार दिनको भत्ता मात्र नलिने त्यस्मा पनि गाडी भाडा चाँही लिने भएछन।

नाटक पनि कुन हदसम्म गर्न सक्छन् रबि जी ?देशमा यस्तो आर्थिक मन्दी देखिएको बेला सबै सांसदले तलब भत्ता घटाउँ पर्छ भन्नु पर्नेमा सस्तो लोकप्रीयताको लागी गरेको निर्णय एक महिनापनि टिकेन ।

करिब १ महिनाको तलब १ लाख घटाउने गरी संसद सचिबालयले उठाएको टिप्पणी ४ जना साँसद गएर खारेज गरी चार दिनको भत्ता नलिने त्यसमा पनि गाडी भाडा चाहिँ लिने गरी ४ दिनको ४ हजार त्याग गर्ने गरी प्रकृया अगाडी बडाएछन ।

वा रबि जी, वा रास्वपा ! रास्वपा एउटा पार्टी भित्र १०र१२ वटा पार्टी बोकेको हिड्न नसक्ने पार्टी हो ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १०:००   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।