काठमाडौं । नेपाल बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।
आज सुनको मूल्यमा कुनै फेरबदल नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै प्रतितोला छापावाला सुन १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ।
आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँ कायम भएको छ । हिजो तोलामा ३५ रुपैयाँले बढेर चाँदी १ हजार ४६० रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया