Logo

मनोरञ्जन

‘महानगर’ आजदेखि प्रदर्शनमा



काठमाडौं । विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय महोत्सवमा प्रदर्शन भएर चर्चा कमाएको चलचित्र ‘महानगर’ आजदेखि प्रदर्शनमा आउँदैछ ।

माउन्टेन रिभर फिल्मस् तथा गो विन प्रोडक्सनसँग मिलेर मिडल वे फिल्मस्को ब्यानरमा बनेको फिल्ममा कर्मा र मेनुका प्रधानको मुख्य भूमिका छ ।

मोहन राईको निदेर्शनमा बनेको चलचित्रमा शहरीकरण र त्यसका समस्याको सेरोफेरो समेटिएको छ ।

काठमाडौं शहरमा १ साँझ हुने दुई अपरिचित व्यक्तिको भेट र त्यसका कारण हुने प्रसंगहरु समेटिएको यो फिल्मले समिक्षात्मक रुपमा निकै राम्रो प्रतिक्रिया पाएको निर्माण पक्षको दाबी छ ।

सन् २०२१ मा कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमार्फत् विश्वभर प्रिमियर भएको फिल्मले त्यसपश्चात धेरै महोत्सवहरुमा प्रदर्शन भइसकेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १२:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।