काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले एसिया कप क्रिकेट–२०२३ मा नेपालको सहभागिताको खुसियाली मनाउँदै ‘विकेट टु विन’ नामक अफर सार्वजनिक गरेको छ ।
आज भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म ५ दिनसम्म चल्ने यो अफरअन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा ‘एसियाकप’ प्रोमो कोडको प्रयोग गरी रु. १५० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यसका साथै यो अफरमा सहभागी हुने ग्राहकमध्ये भाग्यशाली एकजनाले डिसहोमको फाइबर नेटको १ वर्षको निःशुल्क सब्सक्रिप्सन पनि जित्न सक्नेछन् ।
यो अफरले क्रिकेटप्रेमी दर्शकको उत्साहलाई थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको आइएमई पेका सीईओ प्रवीण रेग्मीले बताए ।















प्रतिक्रिया