Logo

प्रमुख समाचार

सिराहाको काठघरमा हुने भनिएको एमाले बैठक स्थगित



काठमाडौं । सिराहाकाे काठघरमा शनिबार बस्ने भनिएको नेकपा (एमाले) को सचिवालय बैठक स्थगित भएको छ । धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक बाढीका कारण स्थगित भएको हो ।

भोलि, शनिबारदेखि सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा बस्ने भनिएको बैठक स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निरन्तर वर्षासँगै बाढीपहिरो आइरहेकाले बैठकस्थल पुग्न समस्या भएको उनको भनाई छ ।
अर्को बैठकको मिति चाँडै तय गर्ने उनको भनाइ छ ।

मदन भण्डारीलाई नेतृत्वमा स्थापित गरेर माओ विचारधारा विस्थापन गरेको ऐतिहासिक स्थलमा एमालेको सचिवालय बैठक बस्ने तयारी थियो ।
२०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १६:४३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।