Logo

अर्थ

महानगरले साउनमा उठायो ६५ करोड ४२ लाख राजस्व, गत बर्षको तुलनामा २० करोड ३२ लाख बढी



काठमाडौं । काठमाडौँ महानगरले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा  ६५ करोड ४२ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत बर्षको यसै अवधिमा ४५ करोड ९ लाख ८९ हजार ३३६ रुपैयाँ राजस्व संकलन भएको थियो । गत बर्षभन्दा यस बर्षको पहिलो महिनामा २० करोड ३२ लाख ४१ हजार ४३ रुपैयाँ धेरै राजस्व संकलन भएको हो ।

आ. व. २०७७/०७८ देखिका बर्षहरुको राजस्व संकलनको अङ्क क्रमशः बढ्दो क्रममा छ । त्यस बर्ष (आ. व. २०७७/७८) को पहिलो महिनामा २६ करोड ३९ लाख ५३ हजार ७१६ रुपैयाँ र आ. व. ०७८/०७९ को पहिलो महिना (साउन) मा ४३ करोड ५३ लाख ४३ हजार ९७१ रुपैयाँ संकलन भएको थियो ।

पहिलो बर्षभन्दा यो १७ करोड १३ लाख ९० हजार रुपैयाँ धेरै हो । आ. व. ०७८/०७९ को तुलनामा आ. व. ०७९/०८० को पहिलो महिनामा १ करोड ५६ लाख ४५ हजार ३६५ रुपैयाँ धेरै राजस्व संकलन भयो । यी ४ बर्षमध्ये सबैभन्दा धेरै यही बर्ष संकलन भएको हो ।

त्यस्तै, साउन महिनामा भुमिगत मालपोतबाट २३ लाख ७८ हजार, घर बहाल करबाट ३१ करोड ६० लाख, आनुदान चालुबाट २४ हजार, व्यक्तिगत आन्तरिक अनुदानबाट एक लाख ८७ हजार र पर्यटन शुल्कबाट ७४ लाख २८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यसैगरि, यस अवधिमा महानगरले अन्य सेवाशुल्कबाट तीन करोड ४५ लाख ७२ हजार रुपैयाँ राजस्व संलन भएको छ भने न्यायिक दस्तरबाट ३५ हजार रुपैयाँ उठेको छ । यसका साथै शिक्षा क्षेत्रको आम्दानीबाट १६ हजार, प्रशासनिक सेवा शुल्कबाट ९ लाख २९ हजार, पार्किङ शुल्कबाट ४७ लाख २३ हजार र नक्सापास दस्तुबाट ६ करोड ९७ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

काठमाडौं महानगरपालिकाले साउन महिनामा सिफारिस दस्तुरबाट ६४ लाख ४१ हजार, व्यक्तिगत घटना दस्तुबाट एक लाख ११ हजार, नाता प्रमाणित दस्तुरबाट ५ लाख २८ हजार, प्रसाशनिक दण्ड जरिवाना जफतबाट १९ लाख ७६ हजार र बेरुजुबाट १४ लाख २८ हजार राजस्व संकलन गरेको छ ।

व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट काठमाडौं महानगरपालिकाले साउनमा ८ करोड १८ लाख २४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । जुन गत आवको सोहि अवधिको भन्दा करिब दुई करोड १७ लाख बढी हो । गत आवको सोहि अवधिमा महानगरले ६ करोड ८५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

राजस्व संकलनमा यो बर्ष प्राप्त भएको उपलब्धीका लागि केही प्रयासहरु कारण हुन् । राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले भने, ‘वडा सदस्यको नेतृत्वमा हरेक वडामा कर सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । राजस्व विभागले बेरुजु फस्र्यौट तथा वक्यौता असुली अनगुमन गरिरहेको छ ।’

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १७:४१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।