काठमाडौं । नेपालले मलेसियामा जारी चार देशीय महिला टी–ट्वान्टी आई सिरिज जित्न हङकङबाट १०२ रनको लक्ष्य पाएको छ । बायोमास ओभल मैदानमा हङकङले पूरै ओभर खेल्दै ६ विकटेको क्षतिमा १०१ रन बनायो ।
हङकङका लागि का यीक चानले सर्वाधिक २९ रन बनाइन् । यस्तै मारिया एन्टोनियाले १९, शाजीन शाहजदले १४, यासमीन दासवनीले ११ जोड्दा इक्रा साहरले १० रन बनाइन् । यसबाहेक हङकङका अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका खुशी डंगोलले ३ विकेट लिइन् । अश्मिना कर्मचार्य र कविता जाशीले एक एक विकेट लिए ।
पहिला बलिङ गरेको नेपाल शीर्ष स्थानमा हरँदै फाइनल पुगेको हो भने हङकङ दोस्रो हुँदैन फाइनल पुगेको हो । लिग चरणमा भएको भेटमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको थियो ।
शनिबार नै भएको तेस्रो स्थानको लागि कुवेतलाई पराजित गरि घरेलु टोली विजयी भएको थियो ।















प्रतिक्रिया