काठमाडौं । चालु आर्थिक वर्षमा ११ खर्बमाथि राजश्व उठाउने सरकारको लक्ष्य पुरा नहुने प्रक्षेपण व्यवसायीहरूले गरेका छन् । सरिकार यो आवमा ११ अर्ब १२ अर्ब ३ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको भएपनि ७ देखि ८ खर्बमात्रै राजस्व उठ्ने प्रक्षेपण व्यवसायीहरूको छ ।
सरकारले चालु आर्थिक वर्षमा साढे १७ खर्बको बजेट विनियोजन गरेको छ । तर, यहि वर्ष ७÷८ खर्बमाथि राजश्व संकलन नहुँदा सरकारलाई ११ खर्बको आर्थिक भार थपिने व्यवसायीहरूको प्रक्षेपण छ ।
आर्थिक मन्दीका कारण चालु आर्थिक वर्षमा ७–८ खर्बभन्दा बढी राजस्व नउठने मेडिकल व्यवसायी दुर्गा प्रसाईं बताउँछन् । राजस्व संकलनमा कमजोर बन्दै गएपछि सरकारको बजेट खर्चसमेत प्रभावित हुँने र निजामती कर्मचारी तथा सुक्षाकर्मीलाई तलब खुवाउन मंसिरदेखि समस्या हुन सक्ने प्रसाईंको अनुमान छ ।
‘एकतिर देशका मुख्य व्यापारिक केन्द्रका सटर खाली हुँदैछन् भने, अहिले सञ्चालनमा रहेका केही व्यवसायीहरुले स्टक सामान मात्र बेचेर पसल बन्द गर्ने मनस्थिति बनाएका छन्’, व्यवसायी प्रसाईं भन्छन्, ‘वैशाखदेखि व्यापार नभएपछि ५० प्रतिशत व्यापारी पसल जान छाडेका छन् भने दशैं–तिहारपछि ६० प्रतिशत व्यापारीले सटर बन्द गरेर व्यवसाय छाडने पक्षमा छन् ।’
राजश्व सकंलनका मुख्य व्यवसायी सुपारी, सुन र अन्य सामान तस्कर भइरहेका कारण पनि राजश्व संकलनमा गिरावट आइरहेको उनको दाबी छ । वार्षिक १० लाख युवा वैदेशिक रोजगारी र अध्ययनका लागि पलायन भइरहेका कारण देशभित्र कृषिको उत्पादनमा ३० प्रतिशत गिरावट देखिन थालेको प्रसाईले जानकारी दिए ।















प्रतिक्रिया