काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले संविधान रक्षाका लागि भनेर बनेको गठबन्धनले नै पटकपटक संविधानको उल्लंघन गरेको भन्दै असन्तुष्टि जनाउका छन् । पूर्व प्रधानन्त्री खनालले कोशी प्रदेशको प्रशंगलाई काट्याउँदै गठबन्धनले पट–पटक संविधान उल्लंघन गरेको बताए ।
नेकपा एसको दोस्रो स्थापना दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा खनालले आफ्नो पार्टीले यसमा साथ दिन नहुने बताए । गठबन्धनका नाममा जस्तासुकै गलत कामको भारी बोकेर हिँड्दा पार्टीलाई फाइदा नपुग्ने उनको धारणा थियो ।
‘हामीले संविधान रक्षाका लागि गठबन्धन बनाएको भनेका छौँ । तर यही गठबन्धनले एकपछि अर्को संविधान उल्लंघन गरेको भनेर सर्वोच्च अदालतले भन्यो । कोशीमा यही गठबन्धनले दुई दुई पटक संविधान उल्लंघन गरेको छ’, खनालको प्रश्न गरे ‘यसमा हाम्रो पार्टीको धारणा के हो ? गठबन्धनमा नाममा उनीहरूले गरेका सबै काम हामीले मान्ने हो कि स्वतन्त्र अस्तित्व देखाउने ?’
खनालले विद्रोहको औचित्य पुष्टि गर्न पार्टीले अझै प्रभावकारी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । पार्टीभित्र गलत चिन्तनहरू हुर्किरहेको उनको भनाइ छ ।















प्रतिक्रिया