काठमाडौं । नेकपा एमालेले सार्वजनिक ऋषिकेश पोखरेललाई लेखा समिति सभापतिको उम्मेदवार बनाउने भएको छ । संसदीय समितिहरुको सभापति उम्मेदवारी मनानयन भोलि (आइतबार) हुँदै५ । प्रमुख दलहरुबीच भएको भागवन्डा अनुसार प्रमुख प्रतिपक्षी एमालेले तीन वटा समितिको सभापति पाउनेछ ।
त्यसमध्ये लेखा समितिमा मोरङ २ बाट प्रत्यक्ष निर्वाचित पोखरेललाई उम्मेदवार बनाउने एमालेको तयारी छ । लेखा समिति सभापतिमा सचिव योगेश भट्टराई र पूर्वमन्त्री गोकुल बास्कोटा पनि आकांक्षी थिए । तर अध्यक्ष ओलीले यसअघि अवसर नपाएका पोखरेललाई बनाउने बताएका छन् ।
महिला बालबालिका तथा सामाजिक मामिला समितिको सभापतिमा भने एमालेले किरण साहलाई उम्मेदवार बनाउने भएको छ । रौतहट २ बाट स्वतन्त्र जितेका उनले एमाले प्रवेश गरेका थिए । उनलाई राज्यमन्त्री बनाउने आश्वासनसहित पार्टी प्रवेश गराइएको भएपनि एमाले आफैं सरकारबाट बाहिरिएपछि उनलाई संसदीय समितिको सभापति बनाउन लागिएको बताइएको छ ।
एमालेको भागमा परेको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति कसलाई बनाउने भन्नेबारे भने टुंगो लागिनसकेको जनाइएको छ ।















प्रतिक्रिया