Logo

खेलकुद

सन्दीपविरुद्धको मुद्दाको अन्तिम पेशी आज



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम पेशी आज आइतवारका लागि तोकिएको छ ।

सन्दीपले सफाइ पाएको अवस्था वा मुद्दाको टुङ्गो नलागेमा आज राति नै एसिया कप खेल्न पाकिस्तान जाने तयारीमा छन् ।

सन्दीपविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक–पटक स्थगित हुँदै आएको छ ।

अदालतले आइतबारका लागि पुन अन्तिम पेशी तोकेको हो ।

नाबालिग बलात्कार आरोप लागेका सन्दीपविरुद्ध परेको रिटको सुनुवाइ भदौ १ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको थियो । उक्त दिन खतिवडाको इजलासले ‘गौशाला २६’ की आमाको जन्ममिति प्रमाणीकरण गरेर पेश गर्न आदेश दिएको थियो ।

आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने भनेको थियो । अहिले सबै कागजातहरु अदालतमा पुगिसकेकोले सन्दीपविरुद्धको अन्तिम बहस आजलाई तोकिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार ०८:५४   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।