Logo

प्रमुख समाचार

९ महिनापछि संसदीय समितिका सभापति चयन हुँदै, आजबाट प्रक्रिया सुरु



काठमाडौं । आम निर्वाचन भएर नयाँ संसद गठन भएको ९ महिनापछि संसदीय समितिको सभापति चयन प्रक्रिया आजबाट सुरु हुँदै छ ।

सभामुख देबराज घिमिरेले सार्वजनिक गरेको कार्यसूची अनुसार आज विषयगत तथा प्रक्रियागत समितिहरुको सभापतिका लागि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुने भएकाे हाे ।

संघीय संसद सचिवालयका अनुसार समिति सभापतिका लागि आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन समयसीमा तोकिएको छ ।

प्रमुख दलहरुबीच सहमति हुन नसक्दा ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया नौं महिनासम्म अवरुद्ध हुन पुगेको थियो।

समितिको सभापति नहुदाँ संसदीय समितिले गर्नु पर्ने काम कारबाहीहरू प्रभावित हुँदै आएका छन् । संसदका १० वटै विषय र प्रक्रियागत समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा अनुरूप आज उम्मेदवारी दर्ता हुन लागेको हो। जसअनुसार भाेली संसदीय समितिहरूले नयाँ सभापित पाउने छन् ।

हालसम्म समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।

प्रतिनिधिसभा मातहत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति रहेका छन् ।

पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिले पनि सोमबार नयाँ नेतृत्व प्राप्त गर्ने छ ।

सत्तारूढ र प्रमुख प्रतिपक्षले भने आ-आफ्नो दलीय उपस्थितिका आधारमा संसदीय समिति सभापति चयन गर्ने निर्णय गरिसकेका छन् । सहमतिअनुसार कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले २, एकीकृत समाजवादी, जसपा र जनमतले १-१ वटा समितिको सभापति लिनेछन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार ०९:१२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।