काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको नाम टुंगो लगाएको छ । संसदीय समितिको नेतृत्वका लागि आज सभापतिका उम्मेदवारको मनोनय हुँदै । त्यसअघि कांग्रेले आफ्नो भागमा परेको चार वटा समितिको सभापतिको उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।
कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी कांग्रेस नेतृ आरजु राणालाई कृषि समितिमा सभापतिको उम्मेदवार बनाउने भएको छ ।
त्यसैगरी संसदीय सुनुवाइ समितिमा जीवन परियारलाई उम्मेदवार बनाउँदा अर्थ समितिमा सन्तोष चालिसे र राज्य व्यवस्था समितिमा रामहरि खतिवडालाई उम्मेदवार बनाउने टुंगो लगाएको हो ।





















प्रतिक्रिया