Logo

खेलकुद

एसिया कप : नेपालसँग खेल्ने पाकिस्तानी टोलीमा परिवर्तन



काठमाडौं । एसिया कपमा नेपालको प्रतिद्वन्दी रहेको पाकिस्तानको टोलीमा परिवर्तन भएको छ । घोषित १७ सदस्यीय टोलीमा एक परिवर्तन भएको छ । पाकिस्तानका लागि मध्यक्रमका ब्याट्सम्यान साउद शकीललाई एसिया कपको टोलीमा समावेश गरिएको छ भने यसअघि टोलीमा रहेका तैयब ताहिरलाई ट्राभलिङ रिजर्भको रुपमा राखिएको छ ।

शकील प्रारम्भिक १७ सदस्यीय टोलीमा थिएनन् तर अफगानिस्तान द्विपक्षीय सिरिजका लागि एकदिवसीय टोलीका १८ औं सदस्य थिए। सुरुमा टोलीमा रहेका ताहिरले अफगानिस्तानविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा एक खेल पनि खेलेका थिएनन् । उनी एसिया कपमा रिजर्भ खेलाडीका रुपमा टोलीसँग रहने छन् ।

एसिया कप क्रिकेटको पहिलो खेलमा पाकिस्तानले नेपालसँग अगस्ट ३० (भदौ १३ ) मा खेल्दैछ ।

पाकिस्तान टोलीमा बाबर आजम (कप्तान), अब्दुल्ला शफीक, फखर जमान, इमाम उल हक, सलमान अली आगा, इफ्तिखार अहमद, मोहम्मद रिजवान, मोहम्मद हारिस, शादाब खान, मोहम्मद नवाज, उस्मा मीर, फहीम अशरफ, हारिस रउफ, मोहम्मद वसीम जुनियर, नसीम शाह, शाहीन अफ्रीदी, साउद शकील छन् । तैयब ताहिर ट्राभलिङ रिजर्भका रुपमा टाेलीमा रहनेछन् ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार ११:३८   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।