Logo

अर्थ

सुनको मूल्य स्थिर हुँदा चाँदीको बढ्याे, कतिमा हुँदैछ किनबेच ?



काठमाडाैं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ ।

आज सुनको मूल्यमा कुनै फेरबदल नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि सुनको मूल्य स्थिर रहेको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ४६५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार ११:५९   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।