Logo

प्रमुख समाचार

सीआईबीको ‘लिस्ट’मा छुटेका सञ्चारसचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा चलाइने



काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा चलाइउने भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को ‘लिस्ट’ छुटेका राउतलाई जिल्ला सरकारी वकिलको कार्यालयले प्रतिवादी बनाउने निर्णय गरेको हो ।

सीआईबीले सचिव साउतलाई प्रतिवादी बनाउन राय नदिएको भएपनि उनीसमतेलाई प्रतिवादी बनाएर मुद्दा दर्ताका लागि पठाइएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिए ।

यस्तै दाङका प्रमुख जिल्ला अधिकारीसमेत रहेका सहसचिव सुशील वैद्यलाई पनि प्रतिवादी बनाइएको छ । ललिता निवास प्रकरणमा मुछिएपछि दाङका प्रजिअबाट उनलाई गृहमन्त्रालयमा तानिएको छ ।

वैद्य भूमि सुधार मन्त्रालयमा हुँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने प्रक्रियामा सहभागी भएको सीआईबी को प्रतिवेदनमा उल्लेख छ ।

मालपोत कार्यालय डिल्लीबजारमा हुँदा भूमाफियाको पक्षमा फर्जी कागजात बनाएर जग्गा हिनामिनामा संलग्न रहेको आरोपमा प्रहरी ब्युरोले उनलाई पनि मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । सोहीअनुसार सहसचिव वैद्यलाई सरकारी वकिल कार्यालयले प्रतिवादी बनाएको हो ।

यो प्रकरणमा २९० जना प्रतिवादी कायम गरेर मुद्दा पठाइएको प्रमुख न्यौपानेले बताए ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार १२:००   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।