काठमाडौं । हरितालिका तिजलाई लक्षित गरी गायिका मिलन नेवारको नयाँ गीत ‘नाचेको नाच्यै गर्ने हो’ सार्वजनिक भएको छ ।
“पोहर पनि नाचियो, परार पनि नाचियो यसपालि झनै नाच्ने हो, मनले चिताको नपुगेसम्म नाचेको नाचै गर्ने हो” जस्ता शब्दले सजिएको सुमधुर गीतको शब्द र सङ्गीत राजनराज सिवाकोटीले गरेका हुन् ।
देवीथान म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा गायिका मिलन नेवार आफैले अभिनय गरेकी छिन् । उत्सव दाहालले कैद गरेकाे भिडियोका दृश्यहरूको निर्देशन राजेश पुमा राईले गरेका हुन् भने भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् ।















प्रतिक्रिया