Logo

प्रमुख समाचार

विकास समितिमा माधवको सट्टा दीपक सिंहकाे उम्मेदवारी दर्ता



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंहले संसदको पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । सिंहको प्रस्तावक माओवादी केन्द्रका सांसद माधव सापकोटा र समर्थक एमालेका प्रेमबहादुर महर्जन रहेका छन् ।

माओवादी केन्द्रले सापकोटालाई पूर्वाधार विकास समितिको सभापतिका रुपमा अगाडि सारेको थियो । कोशी प्रदेशमा राप्रपाले सत्ता गठबन्धनलाई सघाउने सर्तमा राप्रपालाई पूर्वाधार विकास समितिको सभापति दिइएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार १५:०४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।